वीरगन्ज भन्सारमा भीषण आगलागी

२०७१ भाद्र १८ गते, बुधबार


काठमाडौ । वीरगन्ज भन्सार कार्यालयको गोदाममा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । नेसनल ट्रेडिङले प्रयोग गर्दै आएको गोदाममा आगलागी भएको हो । आज बिहान करिब ३ बजे देखि सुरु भएको आगलागी ७ बजे नियन्त्रणमा आएको हो । वीरगन्ज उपमहानगरपालिका, मकवानपुर, पथलैया र कलैयाबाट आएका चारवटा वारुणयन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको मद्दतले पाँच घण्टापछि आगो नियन्त्रणमा ल्याइएको हो । विद्युत्को तार सर्ट भई गोदामभित्र रहेको तेल तथा ग्यास सिलिन्डरमा आगो सल्की आगलागी भएको प्रारम्भिक अनुमान रहेको पर्साका कामु प्रमुख जिल्ला अधिकारी योगराज पाण्डेले जानकारी दिए ।
तेस्रो मुलुक र भारतबाट आयात गरिएको माल वस्तु भण्डारण गरिएको सो गोदाममा आगलागीबाट भएको क्षतिको हालसम्म यकिन हुन नसकेको उनले बताए । सय मिटर लामो र १५ मिटर चौडाइ रहेको गोदाममा रु एक अर्बभन्दा बढीको माल वस्तु भण्डार गरी राखिएकोे भन्सार स्रोतले जनाएको छ ।
दुईवटा डोजरको सहयोगमा गोदामको ढोका फोडी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा गोदामबाट माल वस्तु निकाल्ने कार्य भइरहेको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार

नेप्से १६ दशमलव ६८ अङ्कले घट्यो

२०८२ बैशाख ७ गते, आईतवार