नागरिक समाजका अगुवाहद्वारा राष्ट्रपति पौडेललाई ज्ञापनपत्र

२०८२ आश्विन २ गते, बिहीबार


काठमाडौँ । नागरिक समाजका अगुवाहरूले राष्ट्रपति पौडेललाई ज्ञापनपत्र समेत बुझाएका छन् । नागरिक समाजका अगुवाहरूले अन्तरिम सरकारको मुख्य काम चुनाव गराउनु भएकाले दलहरूसँग अनावश्यक प्रतिशोध नसाँध्नका लागि सचेत गराउन राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रहसमेत गरेका छन् ।
उनीहरूले दलहरूसँग अनावश्यक प्रतिशोध नसाँध्न पनि आग्रह गरेका छन् । राजनीतिक दलहरूसँग प्रतिशोध साँधिए अनावश्यक तनाव सिर्जना हुने उनीहरूको निष्कर्ष छ ।
नागरिक समाजका अगुवाहरूले लोकतन्त्रको आधारस्तम्भ आमनागरिक र राजनीतिक दलहरू नै भएकाले उनीहरूको भूमिका न्यूनीकरण गर्ने काम गर्न नहुने बताए ।
दलहरूविरूद्धमा प्रतिशोध साँध्ने र संवैधानिक संरचनाहरूलाई असंवैधानिक ढंगले खुम्च्याउने वा चलाउने भएमा अर्को द्वन्द्व र तनाव सिर्जना हुने उनीहरूको भनेका छन् ।
नागरिक समाजका अगुवाहरूले जे जस्तो परिस्थितिमा पनि चुनावको मिति निर्धारण भइसकेकाले अब संविधानका केही धारामा लागेको ग्रहण अस्याथी होस् भन्ने चाहना आफूहरूको रहेको बताएका छन् । त्यस क्रममा राष्ट्रपति पौडेलले देशको असाधारण परिस्थितिमा आफूले भूमिका खेलेको बताउनुभयो ।

प्रतिक्रियाहरु

[anycomment]