नारायणगढ-मुग्लिन अवरुद्ध : सवारी साधन र यात्रुहरु अलपत्र

२०८२ आश्विन ४ गते, शनिबार


काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरु अलपत्र परेका छन। शुक्रबार साँझ ६:०० बजेदेखि निरन्तर खसेको खुक्खा पहिरोले १०० मिटर सडक ढाकेको छ । आज बिहानैदेखि पहिरो हटाउने प्रयास भए पनि पहिरो खसिरहेकोले असम्भव भएको प्रहरीले जनाएको छ ।
पहिरो हटाउन असम्भव भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यो सडकखण्ड हुँदै आउजाउ गर्ने यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । अहिले पनि डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ । पहिरो झरिरहेकोले डोजर रोकिँदै काम गर्दै गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]