काठमाडौं महानगरपालिकाले असोज १४, १५ र १६ गते फोहोर संकलन नगर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले असोज १४, १५ र १६ गते फोहोर संकलन नगर्ने भएको छ । महानगरले नेपालीहरूको महान पर्व बडादशैंकाे अवसरमा फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरूआफ्नो घर जाने तथा अन्तिम विसर्जन स्थल समेत बन्द रहने भएका कारण यहि असोज १४, १५ र १६ गते फोहोरमैला संकलन नगरिने जानकारी गराएको हो ।
महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै ३ दिन नागरिकहरूलाई आफ्नो घरबाट उत्सर्जन हुने फोहोर-मैलालाई स्रोतमै पृथकीकरण गरी सुरक्षित तवरले राख्न विशेष आग्रह समेत गरेको छ । साेही अवधिमा जथाभावी सडकमा वा सार्वजनिक स्थानहरूमा फोहोर नफाल्न समेत महानगरले अनुरोध गरेको छ ।
असोज १७ गतेदेखि भने नियमित रूपमा फोहोर-मैला संलन गरिने जारी सूचनामा भनिएकाे छ ।