अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोको भिसा रद्द

काठमाडौँ । अमेरिकाले कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोको भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयले गुस्तावोले उत्तेजनात्मक कार्य गरेको र त्यस्तै अभिव्यक्ति दिएको भन्दै उनको भिषा रद्द गरेको हो।
कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोले न्यूयोर्कको सडकमा उभिएर अमेरिकी सैनिकलाई आदेश नमान्न र हिंसा फैलाउन आह्वान गरेका गरेको अमेरिकी विदेश मन्त्रालय सामाजिक सञ्जालको एक पोष्टमा उल्लेख गरेको छ।
पेट्रो गत हप्ता संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क पुगेका थिए। हिजो राष्ट्र संघको मुख्यालय बाहिर हजारौं प्यालेस्टाइनी समर्थक र प्रदर्शनकारीको बीचमा उनी देखा परेको बताइएको छ। – एजेन्सी