नेपाल र मलेसियाको टी-२० सिरिज : शनिबार दोस्रो खेल

२०८२ आश्विन १७ गते, शुक्रबार

काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलीले मलेसियासँग टी-२० सिरिजको दोस्रो खेल शनिबार खेल्दैछ । बिहीबार भएको पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले शनिबार दोस्रो खेल खेल्न लागेको हो ।
मलेसियाको बायुमास ओभलमा बिहीबार सम्पन्न पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन मात्रै बनाउँदा तीन रनले पराजित हुन पुगेको हो ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । थप तीन खेल असोज १९, २१ र २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिज अगाडि मलेसियामा केही अभ्यास खेल खेलेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

युनिटी कप टी-२० शुरु हुदै

२०८२ आश्विन ११ गते, शनिबार