टी- २० आई सिरिज : नेपाल र मलेसियाबीच दोस्रो खेल हुँदै

काठमाडौँ नेपाल र मलेसियाको महिला टोलीबीचको टी- २० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत दोस्रो खेल शनिबार हुँदैछ। क्वालालम्पुरस्थित वायुमास ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान पौने ८ बजे शुरु हुनेछ।
यसअघि बिहीबार भएको पहिलो खेलमा मलेसियाले नेपाललाई ३ रनले हराएको थियो। पाँच खेलको शृङ्खलामा मलेसिया १-० ले अगाडि छ।
नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमा महिला टी- २० विश्वकपको ग्लोबल छनोट खेल्दैछ। त्यसैको तयारीका लागि यो शृङला भइरहेको हो ।