फिजीमा एचआईभी संक्रमितको संख्या हजार प्रतिशतले बढ्यो !

२०८२ आश्विन २० गते, सोमबार


काठमाडौँ । फिजीमा एचआईभी संक्रमितको संख्या एक हजार प्रतिशतले बढेको छ। दक्षिण प्रशान्त महासागरको यो सानो राष्ट्रले विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो एचआईभी महामारीको सामना गरिरहेको बीबीसीले जनाएको छ।
सन् २०१४ मा ५ सय भन्दा कम एचआइभी संक्रमित रहेका फिजीमा २०२४ मा यो संख्या बढेर पाँच हजार नौ सय पुगेको छ। २०२४ मा मात्रै एक हजार पाँच सय ८३ नयाँ संक्रमित भएको खबरमा उल्लेख छ।
सन् २०२५ को अन्त्यसम्ममा यो संख्या दोब्बर अर्थात् तीन हजार नयाँ संक्रमित थपिने अनुमान गरिएको छ। एचआईभी फैलनुको मुख्य कारण लागुपदार्थको प्रयोग, असुरक्षित यौनसम्पर्क, सुई बाँडफाँड भएको फिजीको स्वास्थ्य मन्त्रालयको निष्कर्ष छ। -बीबीसी

प्रतिक्रियाहरु

[anycomment]