नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार


काठमाडौँ । नेप्से ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका एक करोड ३७ लाख ४९ हजार ५०४ कित्ता शेयर ५ अर्ब ७६ करोड २७ लाख एक हजार ११० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।
आज सांग्रिला डेभलपमेन्ट बैंकको डिभेन्चर ८७ को शेयर सबैभन्दा बढी ७.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज प्रभु इन्सुरेन्सको शेयर मुल्य सबैभन्दा बढी ६.१२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको २६ करोड १६ लाख र युनियन हाइड्रोको २४ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु