नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा सुरु भएको उक्त बैठकमा महासचिव विप्लव सीले ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शीर्षकको प्रस्ताव पेस गरेको बताइएको छ ।
उक्त प्रस्तावमा जेनजी विद्रोह, विकसित राजनीतिक घटनाक्रम लगायतको विश्लेषण गर्दै राजनीतिक निकासको बाटोसमेत समेटिएको बताइएको छ ।
अहिले महासचिव विप्लव सीले पेस गरेको प्रस्तावमाथि छलफल भै रहेको बताइएको छ । स्थायी समितिको बैठकवाट पारित उक्त प्रस्ताव भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुनेछ ।