जीवित बन्धकको नयाँ सूचीमा विपिन जोशी

२०८२ आश्विन २६ गते, आईतवार


काठमाडौँ । इजरायल र हमासबीचको युद्धविराम योजनाअनुसार गाजाबाट सोमबार बन्धकहरू रिहा गरिने भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकमध्ये नेपाली नागरिक विपिन जोशी पनि रहेको पुष्टि भएको छ ।
वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ।
यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो भने नेपाली नागरिक विपिनको अवस्था अज्ञात भनिएको थियो। गाजामा द्वन्द्वरत हमास र इजरायलबीच युद्धविराम सम्झौता भइसकेको छ भने बन्धकहरू आज (आइतबार) वा सोमबारसम्म रिहा गरिने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै बताइसकेका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु