जेन जी विद्रोह : अर्थ–राजनीतिक रुपान्तरण र षडयन्त्रको दोहोरो कोण

२०८२ आश्विन २७ गते, सोमबार
कुशल सी



प्रस्तावना
नेपालको इतिहास हेर्यो भने जनपक्षीय आन्दोलन र विद्रोहहरूको लामो श्रृंखला देखिन्छ। यी सबैको साझा लक्ष्य एउटै छ । समाजलाई अनुशासनमा बाँध्ने असमान, शोषणकारी र दलाल प्रवृत्तिबाट मुक्त भई न्यायपूर्ण, समानतामूलक र स्वतन्त्र राष्ट्र निर्माण गर्ने । तर हरेक आन्दोलन वा विद्रोहलाई बुझ्ने दृष्टि फरक–फरक रहँदै आएका छन् । एकातिर जनताको बलिदान र न्यायपुर्ण आन्दोलनको चाहनालाई सम्मान गर्ने दृष्टि छ भने अर्कोतिर प्रतिक्रियावादी दृष्टि छ जसले यस्ता आन्दोलनलाई केवल प्रायोजित वा बाह्य षडयन्त्रको परिणामको रुपमा व्याख्या गर्ने र प्रयोजित हल्ला गर्दै हिड्ने प्रवृति देखिन्छ ।
हालैको जेन जी विद्रोहलाई पनि यस्तै दुई कोणबाट बुझ्ने प्रयास भइरहेको छ, यो फेरि स्वाभाविक लाग्न सक्छ । यसलाई केवल “अराजक युवाको आकस्मिक रिस” वा “बाह्य शक्तिले भड्काएको षडयन्त्र हो भनेर आन्दोलनलाई खारेज गर्न खोज्ने दृष्टि पनि छ भने अर्कोतिर यसलाई असमानता, बेरोजगारी, भ्रष्टाचार र दलाल प्रवृत्तिप्रति युवाहरूको वास्तविक आक्रोशको विस्फोटका रूपमा बुझ्ने दृष्टि पनि छ। यस निबन्धमा २००७ सालदेखि हालसम्मका आन्दोलनहरूको ऐतिहासिक यात्रा, तिनको सुरुवात, प्रक्रिया, उपलब्धि र अन्त्यलाई विश्लेषण गर्दै, जेन जी विद्रोहलाई अर्थ–राजनीतिक रुपान्तरण र षडयन्त्र–प्रायोजनको दोहोरो कोणमा राखेर हेर्ने प्रयास गरिएको छ।
अर्थ–राजनीतिक असन्तोष : विद्रोहको जरा
नेपालमा भएका ठूला राजनीतिक परिवर्तनहरू केवल विचारधारात्मक वा पार्टीगत शक्ति–प्रतिस्पर्धाको कारणले मात्र सम्भव भएका होइनन्। तिनको मूल जरा आर्थिक असमानता, राजनीतिक , सांस्कृतिक र धार्मिक अन्याय र सामाजिक विभेदमा रहँदैका कारण हुँदै आएकन छन।
शिक्षा र अवसरमा असमानता : ग्रामीण क्षेत्रका जनता शिक्षाबाट वञ्चित, शहरीमा सीमित वर्ग मात्र शिक्षित हुने हुने खानेले पैशा तिरेर सुबिधा सहितको शिक्षा दुईखाले शिक्षा कायम रहनु ।
बेरोजगारी र परनिर्भरता : युवाहरु कामको खोजीमा विदेशिन बाध्य, देशको उत्पादनशील आधार कमजोर , दक्ष्य जनशक्ति संरक्षण हुन नसक्नु ।
भ्रष्टाचार र दलाल प्रवृत्ति : राज्यसत्तामा दलाल पूँजीवादको प्रवेश, विदेशी शक्तिसँग मिलेर शासन गर्ने प्रवृत्ति, राज्यका सवै निकाय भ्रष्टाचारको अखडाका रुपमा फेरिनु ।
सामाजिक विभेद : जातीय, क्षेत्रीय र लैङ्गिक असमानता निरन्तर कायमरहि रहनु ।
यी र यस्ता धरै कारणले नेपालमा जनताको लामु समय देखि असन्तोष अन्ततः सडकमा, आन्दोलनमा वा सशस्त्र संघर्षमा परिणत हुँदै आएको छ।
षडयन्त्र र प्रायोजनको दोहोरो कोण
१ प्रतिक्रियावादी दृष्टि
हरेक आन्दोलनलाई प्रतिक्रियावादी प्रवृत्तिले बाह्य शक्तिले भड्काएको, गैरकानुनी वा आतंकवादी गतिविधि गरेको मात्र ठान्छ र त्यहि आधारमा दृष्टिकोण निर्माण गरेर दभावका भरमा आन्दोलन दभाउन केन्द्रीय भुमिका निर्वाह गर्दछ ।
२००७ सालको आन्दोलनलाई पनि “भारतको योजना”मा शुरु भएको भनियो। २०४६ सालको जनआन्दोलनलाई “राजनीतिक लुटेराको खेलका रुपमा अफाभा फैलाईयो र त्यहि भनियो। र २०५२ सालको नेपाली जनताको महान् जनयुद्धलाई “आतंकवादको ” नाम दिइयो।
मधेस/थरुहट आन्दोलनलाई “देश तोड्ने षडयन्त्र” भन्दै खारेज गर्न खोजियो।
यस्ता दृष्टिले हरेक जनआन्दोलनलाई खारेज गर्ने अठोटका साथ कपोलकल्पित मिल्था भरम बोकेको हुन्छ। यथार्थमा यो परिवर्तन–विरोधी, दलाल र प्रतिक्रियावादी चरित्रको पहिचान हो।
२ भूराजनीतिक षडयन्त्र
नेपाल सदैव भारत, चीन र पश्चिमी शक्तिकेन्द्रहरूको भू–राजनीतिक चपेटमा मा रहँदै आएको छ।यहाँ समान्य तया विगतमा भयका आन्दोलनमा वाहिरिय शक्तिको भुमिका र सहयोग नरहेको पनि भन्न सकिँदैन जस्तै २००७ सालमा भारतको प्रभाव निर्णायक थियो। २०४६ सालमा भारतले राजदरबारमाथि दबाब बढायो। २०६२/६३ मा भारत र पश्चिम दुवैले आन्दोलनलाई समर्थन गरे। मधेस आन्दोलनमा क्षेत्रीय शक्ति–सम्बन्धले प्रत्यक्ष हस्तक्षेप गर्यो। यसैले, आन्दोलन/विद्रोहहरूमा बाह्य शक्तिको भूमिका पूर्णतया नकार्न सकिँदैन। तर, यो सत्य हो भनेर जनताको वास्तविक आक्रोशलाई अस्वीकार गर्नु अर्को चरम गल्ती हो।
३ आन्दोलनहरूको ऐतिहासिक यात्रा : २००७ सालदेखि हालसम्म
— २००७ सालको प्रजातान्त्रिक आन्दोलन
सुरुवात : १०४ वर्ष लामो राणाशासनविरुद्ध।
प्रक्रिया : नेपाली कांग्रेस, युवाहरू, भारतस्थित निर्वासित सरकार र सशस्त्र संघर्ष।
उपलब्धि : राणा शासनको अन्त्य, प्रजातन्त्रको सुरुवात।
अन्त्य : राजतन्त्रको पुनःस्थापना, लोकतन्त्र अधुरो।
— २०१५–२०२८ : अस्थिरता र पञ्चायती व्यवस्था
२०१५ : संविधान जारी भयो, तर अभ्यास असफल।
२०२८ : राजा महेन्द्रले संसद विघटन गरी पञ्चायत थोपरे।
नतिजा : निरंकुश शासन, असन्तोष थप बढ्यो।
— २०३६ सालको जनमत संग्रह
सुरुवात : पञ्चायतविरुद्ध असन्तोष।
प्रक्रिया : जनमत संग्रह।
नतिजा : धाँधलीपूर्वक पञ्चायतलाई कायम राखियो।
अन्त्य : असन्तोष गहिरियो, भविष्यको आन्दोलनको आधार।

  • – २०४६ सालको जनआन्दोलन
    सुरुवात : लोकतान्त्रिक अधिकार खोसिएको असन्तोष।
    प्रक्रिया : सात दल र जनताको संयुक्त संघर्ष।
    उपलब्धि : बहुदलीय प्रजातन्त्र पुनःस्थापना।
    अन्त्य : भ्रष्टाचार, दलाल पूँजीवाद र विदेशी प्रभाव बढ्यो।
  • २०५२ सालको जनयुद्ध
    सुरुवात : वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय असमानताको अन्त्य।
    प्रक्रिया : दस वर्ष लामो युद्ध, हजारौंको बलिदान।
    उपलब्धि : गणतन्त्रको आधारशिला, राजतन्त्रको अन्त्यको बाटो।
    अन्त्य : शान्ति सम्झौता, संसदीय व्यवस्थामा समाहित, क्रान्ति अधुरो।
  • २०६२/६३ सालको जनआन्दोलन
    सुरुवात : ज्ञानेन्द्रको निरंकुश शासन।
    प्रक्रिया : सात दल, माओवादी र जनताको संयुक्त आन्दोलन।
    उपलब्धि : गणतन्त्र घोषणा, राजतन्त्र अन्त्य।
    अन्त्य : विदेशी प्रभाव झन् बढ्यो, परिवर्तन अधुरो।
  • मधेस, थरुहट र जनजातीय विद्रोहहरू
    सुरुवात : पहिचान, अधिकार र आत्मनिर्णयको माग।
    प्रक्रिया : सडक आन्दोलन, संघर्ष।
    उपलब्धि : संविधानमा संघीयताको मान्यता।
    अन्त्य : माग आंशिक मात्र पूरा, आन्दोलन स्थगित।
  • एकीकृत जनक्रान्ति
    सुरुवात : संसदीय दलाल पूँजीवाद ब्यावस्था विरुद्ध समाजवादी राज्य ब्यावस्थाको खोज।
    सुरुवात : भ्रष्टाचार , महंगी मिटर ब्याजि मानव वेचबिखन लगायतका दलालहरुमा माथि भौतिक कार्वाही ।
    प्रक्रिया : सडक आन्दोलन, संघर्ष।
    उपलब्धि : गलत प्रवृत्तिका विरुधमा सडकमा आउन वातावरण सृजना ।
    जेन जी विद्रोह
    जेन जी विद्रोह : युवाहरूको बेरोजगारी, असमानता, भ्रष्टाचारविरुद्ध विस्फोट।
    विशेषता : डिजिटल पुस्ताको सक्रियता, नयाँ शैलीको प्रतिरोध।
    अन्त्य/भविष्य : अझ अस्पष्ट— सही दिशामा नबढे असफल, तर सही मार्गदर्शन पाए सफल हुने आशा बाकि ।
    ४. विद्रोहको वास्तविक मर्म
    जेन जी विद्रोहको वास्तविक मर्म खराब अर्थ–राजनीतिक प्रयणालीविरुद्ध युवाहरूको असन्तोष हो। यसलाई केवल षडयन्त्र भनेर खारेज गर्ने वा केवल बाह्य प्रायोजन ठान्ने दुवै दृष्टि गलत छन्। यसका वारेमा युवाहरुको मनोविज्ञान विपरित गयर गरिने सवै खाले टिका टिप्पणीहरुले वास्तविक आन्दोलन को सम्बोधन हुदैन । हरेक विद्रोहरुले धोग्स सगै निर्माणको सुनौलो अवसर पनि ल्यार आयको हुन्छ । कुनै पनि नयाँ वस्तुको निमार्णमा पुरानुको अन्त्य वा धोग्स मुख्य हुन्छ । त्यस पछि नयाँ को निर्माण हुन्छ वास्तविक युवाहरुको योअसन्तोष वास्तविक हो। यो भविष्यको बाटो देखाउने अवसर पनि हो। यो नयाँ पुस्ताको आह्वान हो।
    ५. समाधान र मार्ग
    जनआन्दोलनलाई केवल नारावाजी वा प्रतिक्रियावादी आरोपले मात्र टिकाउन सकिँदैन।
    आर्थिक आत्मनिर्भरता : उत्पादनशील अर्थतन्त्र, रोजगारी सिर्जना।
    राजनीतिक शुद्धता : दलाल पूँजीवादको अन्त्य, वैकल्पिक राजनीतिक संरचना।
    सामाजिक न्याय : समानता, समावेशीकरण, पहिचानको सम्मान।
    जनसचेतना : शिक्षित, सचेत र संगठित जनता।
    निष्कर्ष
    २००७ सालदेखि हालसम्मका आन्दोलनहरूले एउटा कुरा प्रमाणित गरेका छन्— जनताको असन्तोषलाई दमन गरेर दीर्घकालीन शान्ति सम्भव छैन। हरेक विद्रोहले एउटा ढोका खोल्छ, तर त्यस ढोकाबाट सही बाटोमा हिँड्न नसक्दा परिवर्तन अधुरो रहन्छ।
    जेन जी विद्रोह पनि त्यस्तै मोडमा छ। यसलाई बाह्य षडयन्त्र भन्दै खारेज गर्ने वा केवल डिजिटल अराजकता ठान्ने दृष्टि गलत छ। यसको वास्तविक मर्मलाई आत्मसात गर्दै, युवाको आक्रोशलाई सकारात्मक बाटोमा डोर्याउँदै, आत्मनिर्भर, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्नु नै हाम्रो साझा दायित्व हो।यो आन्दोलन अहिले बर्तमान असफल संसदीय व्यावस्थाका विरुद्धको प्रतिरोधका रुपमा लिदै अग्रगामी उदेश्यका लागि समाजवादी राज्य व्यावस्था निमार्णका लागि वामपन्थी राजनितीक पार्टीहरू , लेखक बुध्दीजिविहरुहरु यो ब्वावस्थामा सवैको हकअधिकार हुने कुरा लाईकेन्द्रमा यो विषय राखेर अगाडि वढ्नु सुनौलो अबसर हो ।

प्रतिक्रियाहरु

[anycomment]