दशैंमा खसीबोकाको भाउ नबढ्ने
काठमाडाै, २२ भदाै । खाद्य संस्थानले यस वर्षको दशैंमा खसीबोकाको भाउ नबढ्ने जनाएको छ । यसपटक खसीबोका काठमाडाै आसपासकै क्षेत्रबाट ल्याइने भएकाले ढुवानी खर्च पहिलेको जति नपर्ने भएपछि भाउ बढ्ने संभावना नरहेको नेपाल खाद्य संस्थानका प्रवक्ता नवराज उपाध्यायले जानकारी दिए ।अघिल्ला वर्षहरुमा बाँके, वर्दिया लगायतका जिल्लाबाट खसीबोका ल्याउने गरिएपनि यस वर्ष बाढी कारण बाटो विग्रिएपछि नल्याइने भएको हो । यस वर्ष चितवन, सिरहा , सप्तरी लगायतको तराइका जिल्ला र काठमाण्डु आसपासका क्षेत्रबाट खसी बोका ल्याइने खाद्य संस्थानका प्रवक्ता नवराज उपाध्यायले बताए ।
गएको वर्ष २५ किलो भन्दा माथिका खसी बोकालाई किलोको ३ सय २५ र २५ किलो भन्दा कम तौल भएका खसीबोका किलोको ३ सय रुपैयाका दरले बिक्री गरिएको थियो ।