मेयर बालेनलाई स्टाटस हटाउन र किसानसँग माफी माग्न चेतावनी

काठमाडौँ । अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरका मेयर बालेन साहलाई अभिलम्ब आफ्नो स्टाटस हटाउन र किसानसँग माफीमाग्न चेतावनी दिदै अन्यथा साहको विरुद्धमा महासंघले थप कदम उठाउने बताएको छ ।
महासंघले काठमाडौं महानगरका मेयर बालेन साहले आफ्नो फेसबुक स्टाटसमा किसानलाई अपमानित गर्ने गरी ‘किसानझैँ फोहर’ भनि दिइएको अभिव्यत्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएउदै सो चेतावनी दिएको हो।
महासंघले मुलुकको प्रमुख र आधारभुत उत्पादक शक्तिका रुपमा रहेका आम किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुग्ने गरी दिइएको अभिव्यक्तिप्रति महासंघ घोर भत्सर्ना र निन्दा गरेको छ । काठमाडौं महानगरको मेयरजस्तो जिम्मेबार पदमा आसिन व्यक्तिबाट यसप्रकारका अपमानजनक भनाई व्यक्त हुनु खेदजनक रहेको बताएको छ ।