ट्रम्पद्वारा हमासलाई हतियार र मृतक बन्धकको शव छिटो फिर्ता गर्न चेतावनी

२०८२ आश्विन २९ गते, बुधबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेष्टेनी समुह हमासलाई सम्झौता अनुसार आफ्नो हतियार नसुम्पिए जफत गर्ने चेतावनी दिएका छन । उनले गाजामा बँन्धक बनाइएका मृतकको शव फिर्ता यथासिध्र गर्न समेत आग्रह गरेका छन ।
राष्टपति ट्रम्पले ह्वाइट हाउसमा अजेन्टिनाका राष्ट्रपति जेवियर मेलीसँगको भेटमा गाजा युद्धविरामलाई मध्यपूर्वमा नयाँ शुरुवात भएको बताउँदै नयाँ शुरुआतले अराजकता, आतंक र विनाशको ताकत हारेको बताए । उनले हमासलाई आफ्नो वचन प्रति प्रतिवन्ध रहि हतियार सुम्पिएन भने अमेरिका कडा कदम उठाउने बताए ।
ट्रम्पले गाजालाई गैर–सैन्यीकृत गरिनपर्ने र हमासलाई निशस्त्रिकरण गर्न जरुरी रहेको बताउदै इजरायलको संसद समक्ष पनि युद्ध विराम सिर्फ सर्धषको अन्त्य नभएको यसले नयाँ युग शुरु भएको दोहो-याए ।
युद्धविराम पछि पनि हमासले सबै मृतकको शव फिर्ता नगरेका आलोचना हुन थालेको छ । हमासले अहिलेसम्म जम्मान ८ मृतकको शव मात्रै इजरायललाई फिर्ता गरेको छ । शव फिर्तामा भइरहेको ढिलाईलाई बन्धक परिवार मञ्चले युद्धविरामको स्पष्ट उल्लंघन भएको टिप्पणी गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]