सीके राउत नेतृत्वको जनमत पार्टी विभाजित

२०८२ आश्विन २९ गते, बुधबार

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी विभाजित भएको छ । निर्वाचन आयोगले दीपक साहको नेतृत्वमा गठन भएको जनस्वराज पार्टीलाई मान्यता दिंदै दर्ता गरिदिएपछि जनमत औपचारिक रुपमा विभाजित भएको हो ।
साहको नेतृत्वमा २५ सदस्यीय कार्यसमितिसहित जनस्वराज पार्टी दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार जनस्वराज पार्टीले माग गरेको झण्डामा निलो, सेतो र रातो रङ्गको ठाडो धर्का रहनेछ । यस्तै छाप गोलाकारभित्र पार्टीको नाम अंकित हुनेछ भने मध्य भागमा पार्टीको निर्वाचन चिह्न रहने छ । सो पार्टीले अहिले नै कुनै निर्वाचन चिन्ह माग नगरेकाले आयोगमा दर्ता कायम रहेका दलहरूको चिन्हसँग नबाझिने गरी उपयुक्त चिन्ह प्रस्ताव गर्ने पनि जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]