बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प

२०८२ आश्विन २९ गते, बुधबार


काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति एक बजेर ८ मिनेट जाँदा बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको थियो । स्थानीय प्रहरीले भूकम्पका कारण क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु