नेकपा(एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी उपाध्यक्ष एवम प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार आजको बैठकले केन्द्रीय सचिवालय बैठकले पारित गरेका विषयलाई अनुमोदन गर्दै केन्द्रीय समितिको बैठकमा पठाउने छ ।
एकीकृत समाजवादीले केन्द्रीय कमिटीको भर्चुअल बैठक विहिबारका लागि बोलाएको छ ।
यसअघि असोज २४ र २६ गते बसेको केन्द्रीय सचिवालय बैठकले वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरुसङ्ग चलिरहेको एकता सम्बन्धि वार्ता प्रक्रियालाई यथासिघ्र निष्कर्षमा पुर्याउन दशौ बैठकबाट गठित वार्ता समितिलाई जिम्मेवारी दिने, वर्तमान संकटको समाधान, गणतन्त्र र सम्विधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र सम्विधान पक्षधर शक्ति र पार्टीहरुबिच सम्वाद र सहकार्य अघि बढाउने र प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउदै निर्वाचनको तयारीमा जुट्ने लगायतका निर्णय गरेको थियो ।