डलर महँगियो, युरो र पाउण्ड सस्तियो

२०८२ आश्विन २९ गते, बुधबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा तोकिएको छ । हिजो यो क्रमश: १४१ रुपैयाँ ५८ पैसा र १४२ रुपैयाँ १८ पैसा थियो । डलरको मूल्यमा लगातार वृद्धि हुँदा आयातमा निर्भर नेपाली बजारमा लागत बढ्ने चिन्ता दोहोरिएको छ । युरोपियन युरो र युके पाउण्ड दुबैको मूल्यमा हिजोको तुलनामा गिरावट आएको छ । युरो एकको खरिददर आज १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा छ, जुन हिजोको तुलनामा करिब १५ पैसाले सस्तो हो ।
त्यस्तै, पाउण्ड स्ट्रलिङको खरिददर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९५ पैसा कायम गरिएको छ । यसमा हिजोको तुलनामा करिब ७५ पैसाको गिरावट देखिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ९१ रुपैयाँ ५० पैसा र बिक्रीदर ९१ रुपैयाँ ८९ पैसा छ । यो हिजोको तुलनामा करिब ७० पैसाले सस्तो ।
आज क्यानाडियन डलर पनि घटेको छ । क्यानाडियन डलर एकको खरिददर १०० रुपैयाँ ७९ पैसा र बिक्रीदर १०१ रुपैयाँ २२ पैसा छ । हिजो
आज स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४ रुपैयाँ ९२ पैसा छ । हिजो स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४ रुपैयाँ ९३ पैसा थियो ।
आज डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २२ रुपैयाँ ३ पैसा तोकिएको छ । हिजो डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५ पैसा तोकिएको थियो ।
आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा छ । हिजो जापानी येन १० को खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा थियो ।
आज चिनियाँ युआन स्थिर देखिएको छ । आज चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९४ पैसा छ । हिजो चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९ रुपैयाँ ९४ पैसा नै थियो ।
थाई भाट भने घटेको छ । केन्द्रीय बैंकका अनुसार आज थाई भाट एकको खरिददर ४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४ रुपैयाँ ३४ पैसा छ । हिजो थाई भाट एकको खरिददर ४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४ रुपैयाँ ३७ पैसा थियो ।
यसैगरी आज साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा छ । हिजो साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा थियो ।
राष्ट्र बैंकले आज हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा थियो ।
साउदी रियाल र कतारी रियाल दुबैमा आज हल्का वृद्धि भएको छ, जसले खाडी मुलुकमा रोजगारीमा गएका नेपाली कामदारका परिवारका लागि सान्त्वना दिन्छ । आज साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा छ । हिजो साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा थियो ।
यसैगरी आज कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ६ पैसा छ । हिजो कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ १ पैसा थियो ।
आज युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा छ । हिजो युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७१ पैसा थियो ।
आज मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६६ पैसा छ । हिजो मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६४ पैसा थियो ।
कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको मूल्यमा पनि हल्का वृद्धि भएको छ ।
आज कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७५ पैसा छ । हिजो कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३२ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३७६ रुपैयाँ ९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६९ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १३ पैसा थियो ।
यसैगरी आज ओमानी रियाल एकको खरिददर ३६८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८० पैसा छ । हिजो ओमानी रियाल एकको खरिददर ३६७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २८ पैसा थियो ।

प्रतिक्रियाहरु

[anycomment]