ट्रम्पद्वारा हमासले हतियार नत्यागे इजरायलले पुनः आक्रमण गर्ने चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले आफ्ना हतियार छोड्नै पर्ने अडान दोहोर्याउदै हमासले हतियार नत्यागे इजरायलले पुनः आक्रमण गर्ने चेतावनी दिएका छन। सीएनएनको रिपोर्टअनुसार ट्रम्पले यदि हमासले आफ्नो भागको युद्धविराम मान्दैन भने इजरायली सेनाले गाजामा फेरी लडाई सुरु गर्न सक्ने चेतावनी दिएका हुन् ।
ट्रम्पले आफ्नो एक इसारामा इजरायलले युद्ध सुरु गर्ने बताए । ‘जसै म भन्छु, इजरायल ती सडकहरूमा फेरि फर्कनेछ । यदि इजरायल गएर उनीहरूलाई पराजित गर्न सक्छ, भने उनीहरू त्यो गर्ने थिए।’
उनले इजरायललाई युद्धबाट ‘रोक्नुपरेको सन्दर्भ पनि उप्काए । ट्रम्पले एक दिनअघि नै हमासलाई चेतावनी दिँदै हतियार छोड्न भनेका थिए।
इजरायलसँग भएको सम्झौता अनुसार निरस्त्रीकरण एक महत्वपूर्ण शर्त हो। हमासले यो मान्न अस्वीकार गरेको छ र हतियार आफ्नो सुरक्षाका लागि आवश्यक रहेको बताएको छ ।
हतियारसम्बन्धी विषयमा ट्रम्प कडा रूपमा प्रस्तुत हुने गरेका छन्। उनले भने, ‘हामी हतियार हस्तान्तरण चाहन्छौं। उनीहरूले यसमा सहमति जनाइसकेका छन्, अब यो गर्नै पर्छ। यदि गरेनन् भने हामी गर्नेछौं।’
ट्रम्पले चेतावनीको शब्दमा थपे, ‘उनीहरूले हतियार फ्याँक्नेछन् किनकि उनीहरूले भनेका थिए कि उनीहरू गर्नेछन्। र यदि गरेनन् भने हामी उनीहरूलाई हतियारमुक्त बनाउनेछौं। उनीहरूलाई थाहा छ म खेल खेल्दै छैन।’