देउवा, ओली र प्रचण्डको चलअचल सम्पत्तिको खोजबिन सुरु

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चलअचल सम्पत्तिको खोजबिन थालेको छ ।
सार्वजनिक ओहोदा दुरुपयोग गरि गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा विभागले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डको सम्पतिमाथि छानबिन सुरु गरेको हो । यसैगरि पूर्वमन्त्रीहरु आरजु राणा, दीपक खड्का सम्पत्तिमाथि पनि विभागले छानविन बढाएको छ ।
विभागले तीन पूर्वप्रधानमन्त्री र दुई मन्त्रीका नातागोता नाममा रहेको वचत, लगानी, कम्पनी र कारोबारको सम्वन्धमा विवरण संकलन गरि पेश गर्न नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्टारको कार्यालयलाई पत्र लेखिसकेको छ ।
यस्तै जग्गाजमिनको विषयमा विवरण संकलन गरी बुझाउन भूमि व्यवस्था तथा अभिलेख विभागमा पनि सम्पत्ति शुद्धिकरणक विभागले हिजो पत्राचार गरिसकेको छ । पत्रबमोजिम विवरण संकलन भइरहेको सम्बद्ध निकायका अधिकारीहरुले जानकारी दिएका छन् ।