यस वर्ष लोडसेडिङले सताउने

२०७१ भाद्र २३ गते, सोमबार


काठमाडौँ ,२३ भदौ – नेपाल विद्युत प्राधिकरणले ‘ आउँदो हिउँदमा सर्वसाधारणले दैनिक १७ घन्टासम्म लोडसेडिङ सामना गर्नुपर्ने जनाएको छ ।
मागभन्दा कम आपूर्ति, उत्पादन नथपिनु, प्रणाली सुधारमा प्राधिकरणको बेवास्ता र अत्याधिक चुहावटका कारण गत वर्षभन्दा आउँदो हिउँदमा विद्युत संकट थपिने प्राधिकरणका अधिकारीको प्रक्षेपण छ ।
यो वर्ष अधिकतम १२ घन्टाभन्दा बढी लोडसेडिङ नहुने प्राधिकरणको औपचारिक दाबी थियो । तर, प्रसारण प्रणालीमा माग पूरा गर्ने गरी पर्याप्त बिजुली नहुँदा लोडसेडिङ बढाउनुपर्ने स्थिति आएको प्राधिकरणका कर्मचारी बताउँछन् ।
‘अहिले नै लोडसेडिङ बढी हुन्छ भन्दा विरोध हुन्छ तर बिजुली नै नभएपछि सर्वसाधारणलाई ढाँट्नु बेकार हो,’ प्राधिकरणका एक उच्च अधिकारीले भने ।
प्राधिकरणले गत वर्ष हिउँदमा दैनिक १३ घन्टासम्म लोडसेडिङ गरेको थियो । यो वर्ष हिउँदको उच्च माग करिब एक हजार तीन सय ५० मेगावटसम्म पुग्ने प्रक्षेपण छ । आपूर्ति भने यसको ५० प्रतिशत पनि नहुने भार प्रेषण केन्द्रको अनुमान छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार

नेप्से १६ दशमलव ६८ अङ्कले घट्यो

२०८२ बैशाख ७ गते, आईतवार