नेकपा केन्द्रिय समितिको तेस्रो विशेष बैठक सम्पन्न : कार्तिक २ गते पत्रकार सम्मेलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको नवौँ केन्द्रिय समितिको तेस्रो विशेष बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा पाँच दिनसम्म बसेको उक्त बैठकले महासचिव विप्लव सीद्वारा प्रस्तुत ‘विशेष परिस्थितिको विशेष कार्यभार’सम्बन्धी राजनीतिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ ।
उक्त बैठकका निर्णय आगामी कार्तिक २ गते दिउँसो काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताइएको छ।