काठमाडौंका विभिन्न पाँच क्षेत्रमा विरोधका कार्यक्रम गर्न नपाइने !

२०८२ कार्तिक २ गते, शनिबार


काठमाडौँ। जिल्ला प्रशासन कार्यालयले काठमाडौँका विभिन्न पाँच क्षेत्रमा दुई महिनासम्म पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन,धर्ना,जुलुसजस्ता विरोधका कार्यक्रम गर्न नपाउने आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार आदेश जारी गर्दै आज कात्तिक १ गते शनिबारदेखि काठमाडौंका विभिन्न क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन,धर्ना,जुलुसजस्ता विरोधका कार्यक्रम गर्न नपाइने जनाएका हुन्।
प्रजिअ पौडेलद्वारा जारी आदेशमा भनिएको छ- ‘विरोधका कार्यकमहरू आयोजना गर्दा उत्तेजित भिडबाट तोडफोड, आगजनीजस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवं हुलदंगा वा अशान्ति हुनसक्ने भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम शीतल निवासलगायत क्षेत्रहरुमा कात्तिक १ गतेदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । ’

प्रतिक्रियाहरु

[anycomment]