जुवा खेल्ने प्रहरीको फन्दामा

२०८२ कार्तिक ५ गते, मंगलवार


काठमाडौँ । प्रहरीले देशका बिभिन्न स्थानवाट जुवा खेल्नेहरुलाई पक्राउ गरेको जानेको छ। यसैक्रममा बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलबाट जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् ।
नेवा चुली रिसोर्टबाट सोमबार राति दुई लाख ३१ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाछ प्रहरीले १६ बुक तास पनि बरामद गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका-८ घर भई हाल जिल्ला काठमाण्डौं जोरपाटी बस्ने ३३ वर्षीय सुजन श्रेष्ठ, बुढानीलकण्ठ-१२ चुनिखेल बस्ने ३३ वर्षीय विकास श्रेष्ठ, सोही ठाउँका ३१ वर्षीय राकेश श्रेष्ठ (रिसोर्टका संचालक), ३७ वर्षीय सुनिल श्रेष्ठ, स्याङ्जाको चापागढ नगरपालिका-५ घर भई बसुन्धरा बस्ने ३८ वर्षीय सुरज राना रहेका छन् ।
यस्तै, सिन्धुलीको हरिहरपुर गाउँपालिका-१ घर भई हाल सोह्रखुट्टे नयाँबजार बस्ने २७ वर्षीय नामगेल भोलान, काठमाडौं महानगरपालिका-१६ मैपी बस्ने ४२ वर्षीय रामशंकर पराजुली, धनुषाको मिथिला नगरपालिका-९ घर भई बुढानीलकण्ठ-१३ चुनिखेल बस्ने ३७ वर्षिय जितेन्द्र तामाङ र सोही ठाउँ बस्ने ४१ वर्षीय जयकुमार श्रेष्ठ रहेका छन् ।
यता, चितवनमा जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । हिजाे राति भरतपुर महानगरपालिका-१० मा रहेको ओदान रेष्टुरेन्टमा जुवातास खेल्दै गरेका १० जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनीहरुको साथबाट २ लाख ११ हजार २१० रुपैयाँ र तास एक बुक पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तैं, सोमबार राति नै साढे १२ बजेको समयमा खैरहनी नगरपालिका-११ मा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट एक लाख ५० हजार ७ सय २० रुपैयाँ नगदसहित पाँच बुक तास पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सबै जनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विपिनको शवयात्रा सुरु

२०८२ कार्तिक ५ गते, मंगलवार

आज लक्ष्मी पूजा

२०८२ कार्तिक ४ गते, सोमबार

कबीर बाबा मन्दिरका पुजारीको हत्या

२०८२ कार्तिक ३ गते, आईतवार