विपिनको शवयात्रा सुरु

२०८२ कार्तिक ५ गते, मंगलवार

काठमाडौँ । महाकाली नदी किनारमा अन्त्येष्टि अघि विपिन जोशीको शवयात्रा सुरु भएको छ । भीमदत्त नगरपालिकाबाट केहीबेर अघि शवयात्रा सुरु भएको हो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी छन् । उनको अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा गरिने छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)सागर बोहराले राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिन लागेको जानकारी दिए । उनकाअनुसार विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ । बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भएको शवयात्रा महाकाली नदीको भुजेला घाटमा पुगेर अन्त्येष्टिमा परिणत हुनेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जुवा खेल्ने प्रहरीको फन्दामा

२०८२ कार्तिक ५ गते, मंगलवार

आज लक्ष्मी पूजा

२०८२ कार्तिक ४ गते, सोमबार

कबीर बाबा मन्दिरका पुजारीको हत्या

२०८२ कार्तिक ३ गते, आईतवार