डलरको भाउ घट्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.२५ रुपैयाँ र बिक्रीदर १४०.८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.३९ रुपैयाँ र बिक्रीदर १४०.९९ रुपैयाँ कायम थियो । यस्तै, आज एक यूरोको खरिददर १६२.५६ रुपैयाँ र बिक्रीदर १६३.२६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८७.१४ रुपैयाँ र बिक्रीदर १८७.९४ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१.२३ रुपैयाँ र बिक्रीदर ९१.६२ रुपैयाँ रहेको छ । १० जापानी येनको खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.१८ रुपैयाँ र बिक्रीदर ३८.३५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.६९ रुपैयाँ र बिक्रीदर १९.७७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.१६ रुपैयाँ र बिक्रीदर ३३.३१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.४८ रुपैयाँ र बिक्रीदर ३८.६४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७४ रुपैयाँ र बिक्रीदर ९.७८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५७.३९ रुपैयाँ र बिक्रीदर ४५९.३५ रुपैयाँ कायम भएको छ ।
