‘गाजाको स्वास्थ्य प्रणाली पुनर्निर्माणमा ७ अर्ब डलर आवश्यक’

२०८२ कार्तिक ८ गते, शुक्रबार

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले गाजाको स्वास्थ्य प्रणाली पुनर्निर्माणमा ७ अर्ब डलर आवश्यक पर्ने जनाएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने- ‘इजरायली आक्रमणमा गाजामा भएका आक्रमणमा अस्पतालहरूसमेत निशानामा परेका थिए । अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् र ३६ मध्ये १४ वटाबाट सेवा दिइएको छ। गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको गम्भीर अभाव छ । ध्वस्त बनेको गाजा स्वास्थ्य प्रणालीको पुनर्निर्माणको लागि कम्तिमा सात अर्ब खर्च हुनेछ।’ -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]