प्रहरीको लुटिएको गोलीसहित दुईजना पक्राउ

२०८२ कार्तिक ९ गते, शनिबार


काठमाडौँ । प्रहरी प्रभाग कोटेश्वरको टोलीले जेनजी आन्दोनलका क्रममा लुटिएको गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले गए राति नरेफाँटमा चेकजाँच गर्ने क्रममा बर्दिया घर भइ काठमाडौं कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा घर भई काठमाडौंको मालिगाउँ बस्दै आएका १६ वर्षीय सोनम थापामगरलाई पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा उनीहरूको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको थियो । गिरीकै बयानका आधारमा झापाका थापामगरसँग पनि गोली रहेको खुलेको थियो । उनको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको २ थान गोली फेला परेको छ । उनीहरूसँग प्रहरीले प्रयोग गर्ने बेल्ट र अरु सामग्री समेत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईले जानकारी दिए। उनीहर” दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जीप दुर्घटना : आठ जनाको मृत्यु

२०८२ कार्तिक ९ गते, शनिबार

छठ पर्व सुरु, आज ‘नहाय, खाय’

२०८२ कार्तिक ९ गते, शनिबार

‘भैयादुज’ पर्व मनाइँदै

२०८२ कार्तिक ७ गते, बिहीबार