अमेरिका र जापानबीच व्यापार सम्झौता
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सानेई ताकाइचीले व्यापार र दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गरेका छन् । एउटा सम्झौताले अमेरिका–जापान सम्बन्धको नयाँ ‘स्वर्णयुग’ को शुरुवात भएको दर्शाउछ भने अर्कोले महत्वपूर्ण खनिजहरूसँग सम्बन्धित छ।
दुवै नेताले यी सम्झौतामा हस्ताक्षर गरेका थिए र कागजपत्रसहित फोटो खिचाएका थिए ।
पहिलो सम्झौता लामो समयदेखि रहेका सहयोगी रहेका यी दुई देशबीचको साझेदारीलाई अझ बलियो बनाउनमा केन्द्रित छ, भने दोस्रो सम्झौता पृथ्वीको दुर्लभ आपूर्ति सुनिश्चित गर्न केन्द्रीत छ ।
कागजातमा हस्ताक्षर गरेपछि राष्ट्रपति ट्रम्पले जापानलाई अमेरिकाको बलियो सहयोगी भन्दै प्रशंसा गर्दै देशको पहिलो महिला प्रधानमन्त्री सानेई ताकाइचीको पनि प्रशंसा गरे ।
