नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्न अन्तर्राष्ट्रिय बोलपत्र टेन्डर आह्वान

२०८२ कार्तिक १७ गते, आईतवार


काठमाडौँ ।नागढुंगा सुरुङ निर्माण आयोजनाले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन लागि अन्तर्राष्ट्रिय बोलपत्र टेन्डर आह्वान गरेको छ । आयोजनाले आज अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवाप्रदायक छनोटका निम्ति टेन्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम दिन आउँदो पुस २ गते तोकिएको छ । सुरुङमार्गमार्फत सवारीसाधन चलाउन सक्ने अवस्था भएता पनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण सञ्चालनमा ल्याइएको छैन । मुख्य सुरुङमार्गको लम्बाइ २.७ र आपत्कालीनको २.६ किलोमिटर छ । सरकारले सुरुङमार्गबाट गुड्ने सवारीसाधनका निम्ति सडक उपभोग दस्तुर तोकिसकेको छ । सुरुङमा अत्याधुनिक प्रणाली समावेश छ । सडक विभागको हालको कार्यबोझ तथा सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङमार्ग सञ्चालन एवम् मर्मत कठिन हुने जनाइएको छ । सोही कारण विशेष तालिमप्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका निम्ति अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवाप्रदायक छनोट गर्न लागिएको आयोजनाले जनाएको छ । सेवाप्रदायकले पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन तथा मर्मत गर्नेछ । यो अवधिमा पर्याप्त मात्रामा विदेशी विज्ञबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण गरिनेछ । त्यसपछि भविष्यमा अरू सुरुङ, फास्ट ट्रयाकजस्ता संरचना स्वदेशी जनशक्तिबाटै सञ्चालन गर्न सहज हुने आयोजनाले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

डिजेल-मट्टीतेलको मूल्य घट्याे

२०८२ कार्तिक १६ गते, शनिबार

घरजग्गाको कारोबार गर्न अनुमतिपत्र दिइने

२०८२ कार्तिक १५ गते, शुक्रबार

अमेरिकी डलर ,युरो र पाउन्डको भाउ बढ्यो

२०८२ कार्तिक १५ गते, शुक्रबार