पूर्वप्रधानमन्त्री खालिदा जियाले ३ ठाउँबाट चुनाव लड्ने

२०८२ कार्तिक १९ गते, मंगलवार


काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने तयारी गरेको बताइएको छ ।
आगामी फेब्रुअरीमा हुने निर्वाचनमा जियाले ३ ठाउँबाट उम्मेदवारी दिने बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले जानकारी दिएका हुन् । उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको छ। तर हाल उनको स्वास्थ्य निकै कमजोर रहेको बताइन्छ ।
सन् २०२४ को अगस्टमा भएको जनविद्रोहबाट सत्ताच्युत भएकी उनी लामो समयदेखिकी प्रमुख प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वमा वर्षौँ जेल सजाय भोगेकी थिइन् ।
तीन पटक बङ्गलादेश सरकारको नेतृत्व गरेकी जियालाई हसिनाको सरकारले सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल चलान गरेको थियो । हसिनालाई सत्ताबाट हटाइएको केही समयपछि नै उनी गत वर्ष रिहा भएकी थिइन् । हसिनाको र्‍यालीमा सन् २००४ मा भएको ग्रिनेड आक्रमणको आरोपमा हसिनाका छोरा तारिक रहमान (तारिक जिया) लाई उनको अनुपस्थितिमा आजीवन कारावासको सजाय सुनाइएको थियो । ५९ वर्षीय तारिक रहमान (तारिक जिया) सन् २००८ देखि बेलायतमा बस्दै आएका छन्। हसिनाको पतनपछि रहमानलाई उनीविरुद्धको गम्भीर आरोपबाट मुक्त गरिएको छ।
दशकौँदेखि बङ्गलादेशको राजनीति जिया र हसिनाबीचको कटु प्रतिद्वन्द्विताले परिभाषित गर्दै आएको छ, जसलाई ’ब्याटल अफ द बेगम्स’ भनिन्छ ।
सन् १९७५ मा हसिनाका पिता, स्वतन्त्रता नेता शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको ‘कू’ मा भएको हत्यापछि यो प्रतिद्वन्द्विता देखिन थालेको हो। मुजिबुर रहमानको हत्याको तीन महिनापछि जियाका श्रीमान् तत्कालीन उपसेना प्रमुख जियाउर रहमानले सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । उनी सन् १९७७ मा राष्ट्रपति बनेका थिए। उनलाई पनि सन् १९८१ मा हत्या गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु