एसवाई प्यानल लिमिटेडद्वारा आईपीओ निष्कासन

२०८२ कार्तिक २० गते, बुधबार


काठमाडौँ । एसवाई प्यानल लिमिटेडले कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ । आईपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ ।
यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका प्रभु क्यापिटल लिमिटेडले निर्वाह गरेको छ । यसअघि कम्पनीले असोज ७ गते उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीका लागि पहिलो चरणमा आईपीओ जारी गरिसकेको थियो ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये २ प्रतिशत (२ लाख ६१ हजार ६२७ कित्ता) उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र सर्वसाधारणमा छुट्याइएकोमध्येबाट १० प्रतिशत (४ लाख ९७ हजार ९२ कित्ता) विदेशमा रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी जारी गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २७.६४ अंकले घट्यो

२०८२ कार्तिक १९ गते, मंगलवार

कुल निक्षेप ७४ खर्ब ७५ अर्ब !

२०८२ कार्तिक १९ गते, मंगलवार

१० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी

२०८२ कार्तिक १९ गते, मंगलवार

नेप्से ८ दशमलव २४ अङ्कले घट्यो

२०८२ कार्तिक १८ गते, सोमबार