अक्टोवर समाजवादी क्रान्तिको महत्त्व र शिक्षा विश्व सर्वहारा वर्गका निम्ति प्रेरणाको श्रोत

२०८२ कार्तिक २२ गते, शुक्रबार


काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले अक्टोवर समाजवादी क्रान्तिको महत्त्व र शिक्षा विश्व सर्वहारा वर्गका निम्ति प्रेरणाको श्रोत भएको बताएको छ। अक्टोवर समाजवादी क्रान्तिको १०८ आौं वार्षिकोत्सबको अवसर पारेर केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्।
अध्यक्ष केसीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ –’ महान् रुसी अक्टोवर समाजवादी क्रान्ति विश्वको राजनीतिक इतिहासमा एक युगान्तकारी परिघटना थियो , जसले मार्क्सवादको पथप्रदर्शक सिध्दान्तको मार्गनिर्देशनमा विश्व मै पहिलोपटक पुँजीवादी प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गरेर वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गरेको थियो । अर्थात् महान् रुसी अक्टोवर समाजवादी क्रान्तिले विश्व मै पहिलोपटक पुँजीपतिको हातबाट राज्यसत्ता खोसेर सर्वहारा वर्गको काँधमा पुर्याई दिएर विश्व सर्वहारा वर्गलाई देशको मालिक बनाएको थियो । त्यसपछि संसारका विभिन्न देशहरूमा कम्युनिस्ट पार्टीहरु निर्माण भएका थिए । पूर्वी युरोपका २० आौं देशहरूमा सोभियत मोडलको समाजवाद लागु गरिएको थियो भने चीन , भियतनाम , कोरिया , कम्बोडिया , क्युवा लगायतका देशहरूमा नयाँ जनवादी एवं समाजवादी क्रान्तिहरु सम्पन्न भएका थिए । त्यसकारणले नै सन १९१७ अक्टोवर २५ ( रुसी नयाँ पात्रो अनुसार सन १९१७ नोभेम्वर ७ ) को विश्वको राजनीतिक इतिहासमा एक ऐतिहासिक दिन हो ।
आज विश्व सर्वहारा – श्रमजीवी वर्ग , उत्पीडित राष्ट्र तथा जनसमुदायले महान् रुसी अक्टोवर समाजवादी क्रान्तिको १०८ आौं वार्षिकोत्सब धुमधामका साथ मनाउन गइरहेका छन् । यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक , पत्रकार , साहित्यकार एवं साँस्कृतिककर्मीहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले यस महान् रुसी अक्टुवर समाजवादी क्रान्तिको १०८ आौं वार्षिकोत्सब प्रति ऐक्यबद्धता जाहेर गर्दछ ।
यद्यपि महान् रुसी समाजवादी मुलुकमा सन १९९० मा नै प्रतिक्रान्ति भएर सोभियत मोडलको समाजवाद ढलेर रुसमा पुँजीवादको पुनःस्थापना भएको भए तापनि आजसम्म विश्व साम्राज्यवादी तथा पुँजीवादी वर्ग सत्ता नै विश्व सर्वहारा वर्गको प्रमुख दुश्मन ( ज्यानी दुश्मन ) भएकोले आज महान् रुसी अक्टोवर समाजवादी क्रान्तिको महत्त्व र शिक्षा विश्व सर्वहारा वर्गका निम्ति प्रेरणाको श्रोत कायमै छ यसको महत्त्व र आवश्यकता , शिक्षा र इतिहास युगौं युगसम्म चिरस्थायी रहनेछ भन्ने हाम्रो अन्तर्राष्ट्रिय संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र ठहर छ ।’

प्रतिक्रियाहरु

[anycomment]