राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको छ । आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु गरेको हो ।
यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैँ निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ।
