२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार


काठमाडौँ । सरकारले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को अधिकार प्रयोग गरी २५ वटा महत्त्वपूर्ण सेवामा हडताल गर्न निषेध गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यो आदेश जारी गरेको हो । अब यी २५ सेवाहरूमा कुनै पनि प्रकारको अवरोध वा हडताललाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । नागरिकको दैनिक जीवन र राष्ट्रिय सुरक्षाका लागि अपरिहार्य मानिएका सेवामा हडताल हुँदा जनजीवनमा प्रत्यक्ष असर पर्ने भएकाले सरकारले पटक–पटक यस्ता निर्णय गरे पनि कार्यान्वयन भने हुन सकेको छैन ।
हडताल गर्न निषेध गरिएका क्षेत्रहरु –
· जल, स्थल वा हवाई मार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने यातायात सेवा
· हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
· हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा

  • प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा
    · हातहतियार खरखजाना वा अरू कुनै सैनिक सामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
    · सञ्चार सेवा
    · आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
    · खानेपानीको सञ्चालन तथा वितरण सेवा
    · पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्ट सम्बन्धी सेवा
    · पेट्रोलियम पदार्थ (एलपी ग्याँस समेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा
    · अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा (एम्बुलेन्स सेवा जस्ता सेवाहरू)
    · औषधि निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा
    · फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा
    · बैङ्किङ सेवा
    · बिमा सेवा
    · विद्युत् सेवा
    · दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
    · मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा
    · मास्क सम्बन्धी सेवा
    · ह्याण्ड सेनिटाइजर सम्बन्धी सेवा
    · भेटेरिनरी सेवा
    · कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा
    · राहदानी विभागबाट प्रदान हुने सेवा
    · इन्टरनेट सेवा

प्रतिक्रियाहरु

[anycomment]