नेकपा एमाले देशभर जनप्रदर्शन र जनसभा गर्दै

२०८२ कार्तिक ३० गते, शनिबार

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा आएको नेकपा (एमाले)ले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्दैछ । एमालेले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी षड्यन्त्र भन्दै यसकोको विरोधमा जनपरिचालन कार्यक्रमअन्तर्गत आज ७७ वटै जिल्लामा प्रदर्शन र सभा गर्न लागेको हो । एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरू जिल्ला जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जहरूलाई आफ्नो जिम्मेवारी क्षेत्रमा खटाएको छ । आजको सभाबाट हामी एमाले देशैभरि अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउँछौँ’ गौतमले भने ।
गौतमका अनुसार जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ । पहिलो चरणमा गत २२ गते देशैभरि वडा भेला भएको छ । २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन तथा र्यालीहरु भएका छन् । तेस्रो चरणको कार्यक्रम अन्तरगत आज जिल्लाहरू जनसभा हुँदैछन् । जनपरिचालनको समापन मङ्सिर ६ गते काठमाडौँमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।
आजको जनसभामा महासचिव शङ्कर पोखरेलले नेपालगन्जमा सम्बोधन गर्नेछन् भने उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी, अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्नेछन्।
यसैगरी रुपन्देहीमा हुने कार्यक्रममा सचिव छविलाल विश्वकर्मा अर्का सचिव पद्मा अर्यालले झापाको बिर्तामोडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्नेछिन्। कोशीका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिकमत कार्कीले धनकुटामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु