फुटपाथे व्यवसायीहरुद्वारा आत्मदाह गर्ने चेतावनी
काठमाडौं, २५ भदौ । फुटपाथे व्यवसायीहरुले आगामी भदौै २६ गतेसम्ममा पनि यथास्थानमा व्यापार व्यवसाय गर्न नदिए बाध्य भएर आत्मदाह गर्ने चेतावनी दिएका छन् ।संयूक्त स्वरोजगार व्यापार व्यवसायी समाजले दशैं, तिहार र छठ पर्वका लागि तत्काल यथास्थानमा आफूहरुलाई व्यापार व्यवसाय गर्न नदिए आत्मदाह गर्ने चेतावनी दिएका हुन् । समाजले स्वरोजगार व्यवसायीहरुलाई कानुनको छुट्टै व्यवस्था गर्नुपर्ने, सम्पूर्ण व्यवसायीहरुलाई परिचयपत्र लागु गरिनुपर्ने, उचित वैकल्पिक स्थानको व्यवस्था गरिनुपर्ने लगायतका ११ बुँदे माँग अघि सारेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष सुजन गिरीले सरकारले पटक–पटक आफूहरुलाई वार्ताको लागि बोलाएर खाली झूठा आश्वासन मात्रै दिएको तर कार्यन्वयन नगरेको भन्दै उचित विकल्पको लागि सरकारसंग माँग गरेका छन् ।
गिरीले भने–सरकारले विगतमा हामी व्यवसायीहरुलाई विस्थापन गरेदेखि नै शान्तिपूर्ण आन्दोलन गर्दै आएका छौं । तर सरकारले हाम्रो माँगहरु सुनेन, त्यसैले हामी बाध्य भएर आन्दोलनमा होमिनु परेको छ । उनले आफूहरुलाई सरकारले गरि खान पाउने पेशाबाट विस्थापन गरेको आरोप लगाउँदै तत्काल अन्तराषर््िट्रय मापदण्ड अनुसार व्यवसायीहरुलाई व्यवस्थापन गर्नुपर्ने समेत धारणा राखेका छन् ।
त्यस्तै समाजका संरक्षक प्रकाश बस्नेतले सरकारले विगतमा आफूहरुसंग विगतमा गरेका सवै सहमती तथा सम्झौता तत्काल कार्यन्वयन गर्नुपर्ने माँग राखेका छन् । बस्नेतले आगामी भदौ २६ गतेसम्म पनि आफ्ना माँगप्रति सरकार जिम्मेवार नभए सम्पूर्ण व्यवसायीहरु यथास्थानबाट व्यापार व्यवसाय सञ्चालन गर्न बाध्य हुने बताएका छन् ।