प्रधानमन्त्री कार्कीविरूद्ध सर्वोच्चमा निवेदन दर्ता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ। अधिवक्ता प्रेम सिलवालले राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध निवेदन दर्ता गरेका हुन् ।
सर्वोच्चले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश दिएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो । हाल राजदूतहरु परराष्ट्रमै हाजिर भइरहेका छन्। अदालतको अवहेलना निवेदन दर्ता भएको र निवेदनको पहिलो पेशी यहि मंसिर ८ गतेका लागि तोकिएको सर्वोच्चले जनाएकाे हाे। निवेदनमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयलाई अवहेलनामा सजाय गर्न माग गरिएको छ ।
