नेविसंघ महाधिबेशनको संघारमा
काठमाडौ, २६ भदौ । नेपाल विद्यार्थी संघको आगामी आइतबार देखि काठमाडौमा सुरुहुने महाधिबेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
महाधिबेशनकालागि अहिले सम्म ७५ मध्य ६५ जिल्लाको अधिबेशन सम्पन्न भइसकेको र बाँकी जिल्लाहरुमा पनि भोली सम्ममा अधिबेशन सकिने नेविसंघले जनाएको छ ।लामो समयसम्म हुन नसकेको सङ्घको महाधिवेशन यसपटक भने अनिवार्य सम्पन्न गर्ने सङ्घको लक्ष्य र मातृ पार्टी नेपाली काँग्रेसको निर्देशन भएसँगै सङ्घले अधिवेशनको तयारी तीव्र बनाएको हो ।
महाधिवेशनकै लागि काठमाडौँ उपत्यकाका क्याम्पसको अधिवेशन पनि दुई, तीन दिनभित्रमा नै सम्पन्न गर्ने लक्ष्य नेविसङ्घले राखेको छ ।
अधिवेशन हुन बाँकी अन्य १० जिल्लामा भने सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने र नभएमा नेतृत्व चयनलाई थाँती राख्दै महाधिवेशन प्रतिनिधि चयन गरिने भएको छ ।
काठमाडौँको वाल्मिकी क्याम्पसमा उद्घाटन हुने महाधिवेशन त्रिवि कीर्तिपुरमा बन्दसत्र हुने कार्यक्रम रहेको छ ।देशभरबाट लगभग २५ सय प्रतिनिधि आउने महाधिवेशनका लागि लगभग एक करोड ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।यसको खर्च सम्पूर्ण रूपमा नेपाली काँग्रेसले संयोजन गर्ने र अधिवेशनका नाममा कोही कसले पनि चन्दा सहयोग उठाउन पाइने छैन् ।