अण्डाको मूल्य घट्यो
काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य घटाएको छ । संघले अण्डाको उत्पादन र बजार अवस्थाबारे छलफल गरी आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो । समर्थन मूल्य घटेसंगै ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ पर्ने भएको छ । संघका सचिव मदन केसीका अनुसार सानो अण्डाको प्रतिपेटी मूल्य २६ सय रुपैयाँ निर्धारण गरिएको छ । यसअघि ठूलो अण्डा प्रति क्रेट ५०० र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेको थियो।
संघले चितवनबाट लोड भइ देशैभरीको अण्डा डिपोमा पुर् याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप मूल्य पर्ने बताएको छ।
