ताप्लेजुङको तेम्बा बजारमा आगलागी

२०८२ मंसिर ४ गते, बुधबार

काठमाडौँ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेका छन् । गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार गएराति भएको आगलागीमा स्थानीय इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् ।
चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत सामग्री जलेर नष्ट भएका छन् । पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालेको छ । -रासस

प्रतिक्रियाहरु

[anycomment]