अण्डाको मूल्यमा भारी वृद्धि

२०८२ मंसिर ८ गते, आईतवार

काठमाडोँ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा भारी वृद्धि गरेको छ। आइतबारदेखि लागू हुने गरी संघले अण्डाको मूल्य बढाएको हो। भारतमा निर्वाचनका कारण सीमा नाकामा कडाइ हुँदा अण्डा नेपाल आउन पाएको छैन। संघको हिजो बसेको बैठकले एक्स एल साइजको ३० अण्डा रहने क्रेटको मूल्य ५२० रुपैयाँ पुर्‍याएको छ। यस्तै ठूलो साइजको अण्डाको प्रतिक्रेट ५०५ रुपैयाँ पुगेको छ।
मिडियम अण्डाको ४९० रुपैयाँ प्रतिकेट मूल्य पुगेको छ। सानो साइजको अण्डाको मूल्य प्रतिपेटी ३ हजार १ सय ५० पुर्‍याइएको छ। चितवनबाट लोड हुने भएकाले सबै अण्डाको पेटीको डेलिभरी चार्ज थप १ सय ३० रुपैयाँ लाग्ने संघले जनाएको छ ।
संघका अनुसार एउटा अण्डा उत्पादनका लागि किसानको १६ रुपैयाँभन्दा बढी लागत पर्ने अनुमान छ । नयाँ दरअनुसार अब अण्डाको खुद्रा मूल्य बजारमा २५ देखि ३० रुपैयाँसम्म पुग्ने आँकलन छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अमेरिकी डलरको भाउ बढ्यो

२०८२ मंसिर ८ गते, आईतवार

नेप्से ४.९८ अंकले घट्यो

२०८२ मंसिर ४ गते, बुधबार

अण्डाको मूल्य घट्यो

२०८२ मंसिर ४ गते, बुधबार