ईतिहासको संगीन मोडमा दश राजनैतिक दल

२०८२ मंसिर ९ गते, सोमबार

झपेन्द्रराज बैद्य

माओवाद सम्बद्ध र माओवाद इतर दश राजनैतिक दलहरुको बैठक बालुवाटारमा बसेको छ । प्रश्न छ के माओवादीहरु सबै एक ठाउँमा होलान् ? डा. बाबुराम भट्टराईको भनाई अनुसार सबै पार्टीहरु तत्काल एक जुट हुन नसकेमा मोर्चाबन्दी गर्ने वा सहकार्य गर्ने भनाइ हुँदै आएको छ । अहिले नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध खुल्ला मंचको सभामा मैले पाँच हजारसम्म मानिस मारेको छु भनेको आधारमा सर्वोच्च अदालतमा रिट जाहेर भएको छ । रिट जाहेर भएसँगै माओवादी केन्द्रमा खैलाबैला भएको छ । यसै क्रममा बालुवाटारमा बैठक बसेको छ ।

 सबै एकजुट हुने कुरा राम्रो हो । एकतामा बल हुन्छ । तर सिद्धान्त र कार्यक्रम प्रमुख आधार हो । के माओवादी केन्द्रले संसद बहिष्कार गर्न सक्छ ? प्रम्ुख कुरा यो हो ।

नेकपा नेपाल समेत ६ दलहरुले संसदीय निर्वाचन वहिष्कार गरेका छन् । आफ्नो सरोक भएमा भाँडो नभएमा ठाँडो हुनसक्छ ? आज प्रचण्डलाई मुद्दा लागेको छ । जनयुद्ध सबै माओबादीहरुको सम्पत्ति हो । यसमा सबैले जिम्मा लिनुपर्छ । प्रचण्डले मात्र मारेको होइन । तर जहाँसम्म मुद्दाको कुरा छ बिचित्रको छ । दलालमा दर्ज प्रचण्डलाई किन मुद्दा लगाइयो ? यो प्रचण्डको अस्थिरताको कारण हो वा अन्य कारण ? प्रचण्डबाट नाटकीय ढंगबाट एमसीसी पास गराइयो । जसले जगा लिजमा लिएर एमसीसीको कार्यालय खडा गरिदैछ । यसपछि एसपीपीको कुरा आएको छ । क प्रचण्ड अमेरिकाको बफादार भएकै हुन् । तर अहिले कम्युनिष्टकै नामले उनलाई भारत र अमेरिकाले विश्वास गर्न सकेका छैनन् । उनी अहिले न वल्लो घाट न पल्लो तिरमा भएका छन् । प्रचण्डकै मौन सहमतिमा अझै पनि नेकपाका दुई सय जति नेता कार्यकर्ताले कारगारको जीवन बिताई रहेका छन् । दलालहरुको अन्तर विरोधको कारण अहिले प्रचण्डमाथि मुद्दा चलेको छ । तर यसमा आकास नै खस्यो भन्न सकिदैन । अहिले प्रचण्डलाई लाग्यो भने भोलि अरु माथि पनि लाग्न सक्छ । अहिले प्रण्डले आफै सार्वजनिक गरेको कुरा छ । यसमा प्रतिक्रियावादीले मौका पाएकाछन् । के एमालेले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाए जस्तै माओवादी केन्द्रले फिर्ता बोलाउन सक्छ ? फिर्ता बोलाउनु नै एक प्रकारको सघर्ष गर्नु हो । अहिले जसले टाउकाको मोल ग¥यो उसैसँग टाउको जोडिएको छ । राष्ट्रपतिको निर्वाचनको लागि नेपाली काँग्रेससँग घाँटी जोडएको छ । जोसँग मिलेर भए पनि सत्तामा जानै पर्छ । बरु संशोधनबादी भनिने एमाले स्वतन्त्ररुपमा बसेको छ । एकातिर नौ दलीय गठबन्धन छ । अर्कातिर आज नै दश दलीय माओवादी वा माओवादी परस्त पार्टीसँग गठबन्धन गर्ने जमर्को गएिको छ । यो भद्दा नाटक हो वा मजाक ? वास्तविकतामा जाने हो भने क प्रचण्डले जुन १२ बुँदे सहमती गरेर जनतालाई धोका दिए त्यसमा जनतासँग माफी माग्नु पर्छ नै । जन सेनाको काटिएको पैसा उनीहरुलाई फिर्ता दिनुको विकल्प छैन । जनताको सपना पूरा गर्न संघर्षलाई अगाडि बढाउनुपर्छ । अमेरिका र भारतले आफ्नो असली हैसियत देखाइसकेका छन् । अब क प्रचण्ड जनता सामु नगइकन सुख छैन । विस्तृत शान्ति संझौता औपचारिकतामात्र हो । अब जनतासँग संझौता गर्नुपर्छ । धनी र गरीवको बीचमा ठूलो खाडल छ । महंगीले आकास छोएको छ । जनता भोक भोकै बस्न बाध्य छन् । दैनिक ५ । ६ सय युवा रोगारीका लागि बिदेशिनु वाध्य छन । निर्यात नगन्य छ । आयातमा मुद्रा संचिति छ । यस्तै हो भने नेपाल अफगानिस्तान हुन धेरै समय लाग्ने छैन । तर, यस्तो नहोस् । कतिपय लुघुविद्युत संस्था जनताका पैसालिएर भागाभाग गरेको अवस्था छ । यसमा सरकारले कदम चालेको देखिएको छैन ।

 अब माओबादी केन्द्र सहित बाम र देशभक्तहरु एक जुट भएर नेकपा द्धारा संचालित एकीकृत जनक्रान्तिमा सहभागी भई वैज्ञानिक समाजवादमा जानुको विकल्प छैन ।

दश बाम एकै ठाम देख्नलई त राम्रो हो । तर दश बाम भनिने सबै कम्युनिष्ट छोडेका सिद्धान्त हीनहरुको जमघट हो । काले काले एकै नासे । कम्युनिष्टबाट पतन भएकाहरुको जमघट हो । अहिलेसम्म हेर्दा सच्चा कम्युनिष्ट माओबादी क्रन्तिकारी मोहन बैद्य, नेकपा नेपाल विप्लव, नेकपा ऋषि कट्टेल, नेमकिपा रोहित छन् । अरु नाम धारी खोल ओढेका कम्युनिष्ट हुन् ।

हँसिया, हथौडा हटाएर पाँच तारे झण्डा बनाएर कम्युनिष्टको कुरा गर्दै छन् प्रचण्ड । नेपालमा बहुमत कम्युनिष्टको छ । त्यसैले भोट माग्न कम्युनिष्टको लोगो भिरेकाछन् । चुनावमा भोटको मात्र हिसाब हुन्छ । भोटको लागि राप्रपा, नेपाली कांग्रेस जोसँग पनि गठबन्धन गर्न पछि पर्दैनन् । एमसीसी पास गर्ने कम्युनिष्ट हुनसक्छ ? यिनीहरुले एमालेसँग मिलेर संसद पुर्नस्थापना गर्न माग गरिरहेका छन् । जहाँ काफल पाक्यो त्यहीँ चरी नाच्यो । प्रचण्डले त जेन–जी हाम्रो अभियान हो भन्न पनि भ्याएका छन् । जेन–जी हमला गर्न आउनु भन्दा अगाडि उनले दुई गाडी सामान आफ्नो घरबाट निकालि सकेका थिए भनिन्छ ।

अब दश बामसँग कम्युनिष्टको कुनै सरोकार भएन । माधव नेपाल जग्गा प्रकरणमा अदालतमा धरौटी राखेर छुटेका व्यक्ति हुन् । मातृ भूमि पार्टी भिम रावल केही बोल्न सक्ने मानिस हुन् । तर उनलाई एमाले केपी वलीले पनि बस्न दिएनन् । भिम रावल र झलनाथ खनालले एमसीसी संशोधन गरेर पठाउनु पर्छ भन्ने सहमती गरेका हुन् । नेकपामा पनि दुई खेमा छन् । प्रभाकरले प्रष्ट रुपमा प्रचण्डको विरोध गर्दै आएका छन् । प्रचण्ड पार्टीको अध्यक्ष नभएर संयोजक भएका छन् । एउटै व्यक्ति जिन्दगी भर अध्यक्ष बन्न मिल्छ ? भनेर आवाज उडाउदै आएका छन् जनार्दनले । यस कारण प्रचण्डलाई पनि जमघटको आश्यकता भइरहेको अवस्था छ । यसकारण बिरालाले सय वटा मुसा मारेर काँसी जान्छु भने जस्तो उनीहरु दश बाम भनेर एक जुट भएका छन् । एउटै पार्टीमा त फुट हुन्छ । अझ दश पार्टीमा फरक–फरक सोंचका टाउका हुन् । यो तमासा हो । यही भाद्र २३ गते प्रधानमन्त्री केपी र नेकाका गृह मन्त्री रमेश लेखकको नेतृत्वमा दर्जनौ कलिला बालकहरुको हत्या गरियो । यसको परिणाम भाद्र २४ गते आमाको कोख रित्तिएको आक्रोसमा सरकारी संरचनाहरु र शोषण गरेर थुपारेको भनी ब्यक्तिगत सम्पत्तिमा तोडफोड आगजनी गरियो । तोडफोड गर्नु राम्रो काम होइन तर घुसपैठ भएर ठूलो विध्वंश भयो । यसमा देशी विदेशी शक्ति संलग्न छन् भनिन्छ । जाँच बुझ आयोगबाट अझै रिपोर्ट नआएको अवस्था छ । प्रम सुशीला सरकारले हत्यारालाई अझै सजाय नदिएको अवस्थाछ । जुन जोगी आए नि कानै चिरेका । ती अवोध बालकहरुले कहिले न्याय पाउने ? यस हत्या र विध्वंसको कुरामा ती दश बाम भनिनेहरुले एक शब्द पनि उच्चारण गर्नसकेका छैनन् ।

प्रतिक्रियाहरु

[anycomment]