नेप्से ४७.२२ अंकले बढ्यो
काठमाडौँ । नेप्से ४७.२२ अंकले बढेर २६ सय ४७ दशमलव ४४ बिन्दुमा कायम भएको छ। आज २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेसँगै ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल रिइन्स्योरेन्सको २४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै झापा इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा धेरै माबिलुङ इनर्जी लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.४४ प्रतिशतका दरले गुमाएका हुन्।
