एमाओवदीका नेता बोगटीलाई हृदयघात

२०७१ भाद्र २७ गते, शुक्रबार


काठमाडौ, २७ भदौ । एकीकृत माओवदीका नेता पोष्टबहादुर बोगटीलाई हृदयघात भएको छ ।गए राति २ बजे बोगटीलाई हृदयघात भएको हो । बोगटीको अहिले काठमाडौको शहिद गंगालाल हृदय केन्द्रमा उपचार भइरहेको छ ।बोगटीलाई आईसीयुमा राखेर उपचार गरिएको र अहिले उहाँ खतरामुक्त अवस्थामा रहनु भएको पार्टी प्रवक्ता दीनानाथ शर्माले जनाकारी दिए ।बोगटीलाई भेट्न पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचाण्ड, नेता डा बाबुराम भट्टाराईलगायतका पार्टीका शिर्ष नेताहरु गंगालल पुगेको थिए ।

प्रतिक्रियाहरु

[anycomment]