इजरायलद्वारा गाजामा आक्रमणमा : ४ जनाको मृत्यु

२०८२ मंसिर १० गते, मंगलवार


काठमाडौँ । इजरायली सेनाकाे हवाई आक्रमणमा परी गाजामा सोमबार ४ जना प्यालेस्टिनीको मृत्यु भएकाे छ। साेही आक्रमणमा परी अन्य घाइते भएका हुन्। गाजाका अस्पतालका चिकित्सा स्रोतहरूका अनुसार गाजा सहरको पूर्वमा अल–तुफाह र शुजैय्या क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ। खान युनूसको पूर्वमा भएको ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएकाे हाे। साथै थप २ जना घाइते भएका प्यालेस्टिनी समाचार एजेन्सी ले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]