इन्द्रजात्रा समापन हुदै

२०७१ भाद्र २७ गते, शुक्रबार


काठमाडाै, २७ भदाै।भरे राती दुई बजेर पाँच मिनेटको साइतमा लिंगो ढालेर यसवर्षको इन्द्रजात्रा समापन हुँदैछ ।इन्द्रजात्राको अवधिभर मात्र सबैलाई दर्शनको लागि खुल्ला गरिने श्वेत भैरवलाई पनि आज लिँगो ढालेपछि बन्द गरिन्छ । ढालेको लिंगोलाई तानेर काठमाडौंको टेकु दाेभानमा मा सेलाइने केन्द्रिय मानन्धर संघका सहसचिव गजेन्द्र माननधरले बताए ।
त्यस्तै इन्द्रजात्राको आज अन्तिम दिन कुमारी, भैरव र गणेशको रथलाई बसन्तपुरको कुमारी घरबाट तानेर काठमाण्डूको बीच भागमा घुमाइने चलन छ । नानीचा भन्ने जात्राको क्रममा आज रथलाई बसन्तपुर, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक हुदै कुमारीघरमा नै पुर्याइन्छ ।आज राष्ट्रपतिले कुमारीको हातबाट टीका थाप्ने चलन छ । साथै जात्राको लागि ल्याइने देवी नाच, पुलुकिसि नाच, लाखे, नाच, सवः भकु नाच लगायत सबै नै विर्सजन पुजा सँगै आ आफ्नो ठाउँमा नै फर्काइन्छ ।

प्रतिक्रियाहरु

[anycomment]