जेनजीद्वारा सरकारविरूद्ध प्रदर्शन
काठमाडौँ । जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारले आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन्।
टाउकामा कालो पट्टी बाँधेर सडकमा उत्रिएका उनीहरूले ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा’, सुशीलाको पाराले दुःख पाए साराले’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
उनीहरूले ‘सुशीलाको पाराले, दु:ख पाए साराले’, ‘सम्पूर्ण जेनजी पुस्ता एक हौं,’ ‘ जेनजीको आडमा चुरीफुरी, सुशिला सरकार कुरीकुरी, ‘ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा’ लगायतका नारा बनाएका पम्प्लेट बोकेका छन् ।
