हङकङको आवासीय क्षेत्रमा भीषण आगलागी, १३ जनाको मृत्यु
काठमाडौँ । हङकङको ताई पो क्षेत्रको एक आवासीय क्षेत्र भीषण आगलागी भएको छ । घटनास्थलका तस्बिरहरूमा धुवाँको मुस्लो, आगोको मुस्लो, आगो निभाउन सङ्घर्ष गरिरहेका अग्नि नियन्त्रकहरू र आतङ्कित भएर भागिरहेका मानिसहरू स्पष्ट रूपमा देखिएको छ ।
हङकङको वाङ फुक कोर्ट नामक आवासीय परिसरमा आगलागी भएको थियो । उक्त परिसरमा आठ ब्लकमा फैलिएको जम्मा दुई हजार फ्ल्याटहरू छन् ।हङकङ सरकारका अनुसार, वाङ फुक कोर्टमा स्थानीय समय अनुसार बिहान लगभग २:५१ बजे आगलागी भएको थियो, त्यसपछि अग्नि नियन्त्रक विभागलाई जानकारी दिइएको थियो ।
हङकङका अधिकारीहरूका अनुसार, मृत्यु हुनेको सङ्ख्या चारबाट बढेर १३ पुगेको बताएका छन् । आगलागीमा २८ जना घाइते भएको जानकारी दिइएको छ ।
